१५ चैत्र २०८०, बिहीबार

जिल्लामा २ सय बढी सक्रीय संक्रमित भेटिए पुनः लकडाउन गर्न सकिने

lockdown 1 scaled

सरकारले लकडाउन खुुकलो बनाउने भनेपनि पूर्णरुपमा कार्यान्वयन नहुने भएको छ । सरकारले २ सयभन्दा बढी एक्टिभ संक्रमित भएकाे जिल्लामा पुनः लकडाउन गर्न सकिने जनाएको छ।

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ सम्बन्धी नयाँ मापदण्ड जारी गर्दै जिल्लामा २ सय बढी संक्रमित रहेको अवस्थामा पूर्ण लकडाउन गर्न सकिने जनाएको हो। मन्त्रालयले संक्रमण जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका उपाय अवलम्बन गर्ने जनाएको छ ।

झण्डै तीन महिनापछि लकडाउनलाई पहिलो चरणमा खुकुलो गरिएसँगै मन्त्रालयले संक्रमण जोखिमलाई लक्षित गर्दै यस्तो मापदण्ड जारी गरेको हो।

मन्त्रालयले यो लकडाउन खुकुलो भएसँगै सबै किसिमको जमघट र भेटघाटमा कम्तिमा ६ फिटको दूरी कायम गर्न भनेको छ।

साथै मास्कको प्रयोग र साबुन पानीले अनिवार्य हात धुन पनि सुझाएको छ। मापदण्डमा आधारभूत र स्वास्थ्यगत रुपमा पालना गर्नुपर्ने नियमहरू पनि सुझाइएको छ। कुनै स्वास्थ्य समस्या देखिए नियमित जाँच गर्न भनिएको छ।

त्यस्तै उच्च जोखिमयुक्त ठाउँमा रहेका होटल र क्यान्टिनले खाना प्याकिङ गरेर मात्र लैजान सक्ने व्यवस्था गरिएको छ। साथै ग्राहकलाई सेवा प्रदान गर्दा भौतिक दूरी कायम गर्न भनिएको छ।

तर जिल्लामा संक्रमित संख्या ५० देखि २०० सम्म हुँदा मात्रै माथि उल्लेखित कुराहरू पालना गरेर व्यवसाय सञ्चालन गर्न सकिनेछ।

मन्त्रालयले यस मापदण्डको उल्लंघन गरेमा संक्रामक रोग ऐन, २०२० र जनस्वास्थ्य सेवा ऐन, २०७५ बोमोजिम सजाय हुने जनाएको छ।

सरकारले ल्यायो लकडाउनमा ‘एसमएएस’ फर्मुलासहितको २९ बुँदे जनस्वास्थ्य मापदण्ड

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुकुलो लकडाउनमा के गर्ने के नगर्ने भन्ने विषयमा नयाँ मापदण्ड जारी गरेको छ।

मन्त्रालयले हाल कायम रहेको लकडाउनलाई थप व्यवस्थित बनाउँदै दैनिक क्रियाकलापहरुलाई सञ्चालन गर्न जनस्वास्थ्यका मापदण्डमा प्रयोग गरी मुलुकलाई सामान्यीकरणमा लैजान सकिने जनाएको छ।

सरकारले लकडाउन खुकुलो बनाएपछि मन्त्रालयले नयाँ व्यवहारको पालना, जनस्वास्थ्यका उपाय, प्रयोगशाला तथा अस्पतालको सुदृढीकरण र संस्थागत तथा सामाजिक परिचालन गरी चार विषयलाई जोड दिएको छ।

सोसियल डिस्ट्न्यास, मास्क र स्यानीटाइज (एसएमएस) फर्मुलाका रुपमा २ मिटरको भौतिक दुरी कायम गर्ने, भीडभाडमा जाँदा मास्कको प्रयोग गर्ने र समयसमयमा हाल सफा गर्ने नवव्यवहार पालन गर्नुपर्ने जनाएको छ|