२१ बैशाख २०८१, शुक्रबार

‘प्रधानमन्त्री दाहालले जसलाई भन्नुहुन्छ, त्यही राष्ट्रपति हुन्छ’

aman lal modi

नेकपा (माओवादी केन्द्र) का नेता एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कानुनमन्त्रीले भन्दैमा संघीयता खारेज नहुने बताएका छन् ।

‘मन्त्रीजीले त्यसो भन्नु भयो जस्तो मलाई लाग्दैन । त्यो उहाँहरुको पार्टीगत वा व्यक्तिगत दृष्टिकोण होला । कानुनमन्त्रीले भन्दैमा संघीयता खारेज पनि हुँदैन । सरकार संविधानमा लेखेको कुरा अनुसार चल्छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमकामा कुरा गर्दै मोदीले भने ।

मन्त्री मोदीले लामो समयदेखि थन्किएको राष्ट्रिय निजामती विधेयक पारित गर्न आफ्नो कोसिस रहने बताएका छन् । उनले भने, ‘म मनन्त्रालयमा गएको चारपाँच दिन मात्र भएको छ । हामी तीनै तहको सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने गृहकार्यमा छौं ।

सकेसम्म यही सदनमा नभए पनि मेरो कार्यकालमा लामो समयदेखि थन्किएको राष्ट्रिय निजामती विधेयक ल्याएर कर्मचारीका समस्या गर्न लागिरहेको छु ।’ साथै उनले बरन्डामा बसेका कर्मचारीहरुलाई फिल्डमा खटाउने प्रतिबद्धता पनि जनाइए । उनले भने, ‘यो कर्मचारीकै लागि ल्याउने हो । कर्मचारीले साथ नपाउने कुरै भएन । सुरुमा कुरा नबुझे कन्भिन्स गराउने काम हुन्छ ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने अनुसार नै राष्ट्रपति र उपराष्ट्रपति चयन हुने पनि बताए । उनले थपे, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले जे निर्णय गर्नुहुन्छ, त्यही अनुसार हुन्छ । अहिलेको जे गठबन्धन छ, त्यही अगाडि बढ्छ ।’ गठबन्धन तलमाथि नहुने ठोकुवा पनि उनले गरे ।