१ जेष्ठ २०८१, मंगलवार

हिरासतमा रहेका सन्दीप लामिछाने २० लाख धरौटी बुझाएर जेलबाट छुटे

325042741 1557826484723283 9160416420813159528 n 1 .jpg

बालिका जबर्जस्तीकरणी मुद्दामा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । केन्द्रीय कारागारमा रहेका उनलाई बाहिर निकालेर उच्च अदालत पाटन हरिहरभवनमा २० लाख रुपैयाँ धरौटी बुझाएपछि लामिछाने रिहा भएका हुन् ।

बिहीबार उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश सुनाएको थियो । लामिछानेको शुक्रबार नै स्वास्थ्य अवस्था परीक्षण गरिएको थियो ।