२६ बैशाख २०८१, बुधबार

कालापानी क्षेत्रमा नेपाली भूमि कब्जा भएको हो, १९५० को सन्धी हामीले मानेका पनि छैनौ, त्यो अपमानजनक छ : प्रधानमन्त्री ओलि

kp oli in parliament

सांसदहरुको प्रश्न को जवाफ दिने क्रममा प्रधानमन्त्री ले प्रतिप्रश्न गर्दै “कमसेकम राष्ट्रियताको मामलामा, भुमी फिर्ता लिने मामालामा अथवा राष्ट्रिय हितको पक्षमा उभिने मामलामा , अहिलेको सरकारमाथि संका गर्नु पर्ने कुनै कारण छ र ?” भने.

उनले थपे “अहिलेको सरकार लहै लहैमा कुद्दैन” ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रमा भारतले नेपाली भूमि कब्जा गरेको बताएका छन् ।

जवाफ लाई निरन्तरता दिदै उनले भने “कालापानीमा भारतिय फौज बसेर, त्यहाँ भन्दा उता लिम्पियाधुरा र लिपुलेक लाई कब्जा गरेको छ । हामिबाट त्यो भुमि, सेना राखेर छुट्याएर लगेको छ, सेना नराखे सम्म त हाम्रो भोग चलनमा छँदै थियो “।

सेना राख्नु भनेको कब्जा गर्नु हो भन्दै उनले भने “यो हाम्रो भुमी हो तथ्य प्रमाणको आधारमा, त्यसकारण हामिलाई फिर्ता गर्नु पर्छ , हामी कुट्नैतिक वार्ता का माध्यम बाट यस समस्याको समाधान खोज्छौ । समाधान भनेको हाम्रो भुमी फिर्ता हो ।”

अन्य ठाउँ मा भएको सिमा मिचिएको बारेमा उत्तर दिदै प्रधानमन्त्री ले भने “सुस्ता को सम्बन्धमा वार्ता भईरहेको छ”

प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले अन्यत्र यसरी कब्जा नगरिएकाले सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई प्रमाथमिकता दिएको बताए ।

१९५० को सन्धी हामीले मानेका पनि छैनौ, त्यो अपमानजनक छ

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको स्पष्टिकरणको जवाफ दिँदै प्रधानमन्त्री ओलिले “१९५० को सन्धी पालना पनि भैरहेकोछ किनभने त्यो बदर भएको छैन, हामीले मानेका पनि छैनौ, त्यो अपमानजनक छ, त्यो हाम्रो हितमा छैन, त्यसकारण हामिले त्यसलाई स्विकारेका छैनौ ” भने|

त्यसैगरि नेपाल-भारतबीच गठन भएको विज्ञहरुको समूहले तयार पारेको प्रतिवेदन अहिलेसम्म बुझ्न नमानेको दुखद भने | उनले भने “त्यो प्रतिवेदन बुझ्न भारतले दुई वर्षदेखि रुचि नदेखाउनु सहज र स्वभाविक कुरा होइन, उहाँहरुले बुझ्नुभएको छैन ।”