४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्री दाहालले भने- यो संसद् हाम्रो परीक्षाको केन्द्र हो

PMDahalParliament

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले संसद् आफूहरुको परीक्षाको केन्द्र भएको बताएका छन् ।

जनताले असाधारण संकल्पको अपेक्षा गरेको बताउँदै दाहालले यो संसद् आफूहरूको परीक्षाको केन्द्र भएको बताएका हुन् । ‘हामी भर्खरै जननिर्वाचित भएका छौं । जनताको हामीमाथिको समर्थन ससर्त छ भन्ने लाग्दछ‚ निःसर्त छैन । हामी सुशासन दिन सक्छौं वा सक्दैनौं ? जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौं वा सक्दैनौँ ?’ प्रतिनिधिसभाको पहिलो अधिवेशनको बैठकमा प्रधानमन्त्री दाहालले भने, ‘यो संसद् हाम्रो परीक्षाको केन्द्र पनि हो । जनताले हामीबाट असाधारण संकल्पको अपेक्षा गरेका छन् ।’

प्रधानमन्त्री दाहालले केही हुँदैन भन्ने हीन भावनाका ठाउँमा गरे के हुँदैन भन्ने आशा जगाउनुपर्ने अवस्था रहेको पनि बताए । उनले विभेद र बहीष्करणलाई एकता गर्दै न्यायपूर्ण राष्ट्र निर्माण गर्नुपर्ने पनि बताए । ‘केही हुँदैन भन्ने हीन भावनाका ठाउँमा गरे के हुँदैन भन्ने आशा जगाउनुछ,’ संसद्को पहिलो बैठकमा दाहालले भने, ‘विभेद र वहीष्करणलाई एकता गर्दै न्यायपूर्ण राष्ट्र निर्माण गर्नुपर्नेछ ।’

बैठकमा सबै राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।