१४ बैशाख २०८१, शुक्रबार

शपथ दिइसक्दासमेत वाग्मतीका मुख्यमन्त्री पाण्डेले दिएनन् राजीनामा

rajendra pandey
फाइल फोटो

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रतिनिधिसभा सदस्यको शपथ दिइसक्दासमेत मुख्यमन्त्रीबाट राजनीनामा नदिएको भन्दै उनको आलोचना भएको छ ।

मुख्यमन्त्री पाण्डेले बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यका रुपमा देखिएको छ । नेपालको संविधानको धारा १ सय ६९ को उपधारा १ (ग) बमोजिम प्रदेशसभा सदस्य नरहेमा मुख्यमन्त्री पद रिक्त हुने व्यवस्था छ ।

वाग्मती प्रदेशको नवनिर्वाचित सांसदहरुको शपथ भएको छैन । प्रदेश सरकार गठनको प्रक्रिया संघीय सरकार गठनजस्तै भएको भन्दै मुख्यमन्त्री पाण्डेले प्रधानमन्त्रीले राजीनामा नदिएकाले आफूले पनि राजीनामा नदिएको दाबी गरे । अर्को सरकार गठन नभएसम्म आफू मुख्यमन्त्री रही रहने पाण्डेको भनाइ छ । एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत रहेका पाण्डेले २०७८ कातिक ११ गते प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।