६ बैशाख २०८१, बिहीबार

२० वर्षीय इरानी पुरुष बने विश्वकै सबैभन्दा होचो व्यक्ति

world small man

अफशिन इस्माइल गदेरजादेह विश्वकै सबैभन्दा हाचो व्यक्ति बनेका छन् । उनको उचाइ मात्र दुई फिट १६ इन्च (६४.२४ सेन्टिमिटर) छ ।

२० वर्षीय अफशिन यसअघि सबैभन्दा होचो बनेर विश्व रेकर्ड राख्ने एडवर्ड “निनो” हर्नान्डेजभन्दा सात इन्च होचा छन् ।

अफशिन इनारको पश्चिक अजारबैजान स्थित दुर्गम गाउँ बुकान काउन्टीका हुन् । उनी कुर्दस् र फारसी दुई भाषा बोल्न सक्छन् । उनी २००२ जुलाइमा जन्मिएका हुन् । जन्मदा उनको तौल ७०० ग्राम थियो । अहिले उनी करिब ६.५ किलोग्रामका भएका छन् ।

होचो भएकै कारण उनको जीवन कठीन थियो । शारीरिक बनावटै कारण विद्यालयबाट बञ्चित उनी केही समय अघिमात्र आफ्नो नाम लेख्न सक्ने भएका छन् ।

अफशिनका बुबा इस्माइल गदेरजादेह भन्छन्, ‘निरन्तर उपचार र मेरो छोराको शारीरिक कमजोरी नै उसले पढाइ छाड्नुको मुख्य कारण हो, अन्यथा उसलाई कुनै मानसिक समस्या छैन ।’

अफशिनलाई स्मार्टफन बोक्न पनि गाह्रो पर्छ । उनी भन्छन्, ’मलाई मोवाइल लामो समयसम्म प्रयोग गर्दा भारी महसुस हुन्छ, तर म म्यानेज गर्छु ।’

अफशिन सामान्य परिवारमा जन्मिएका हुन् । परिवारको कडा संघर्ष पनि कहिलेकाहीँ उनको औषधि र उपचारको लागि पर्याप्त हुँदैन । साथै होचो भएकै कारण उनले कुनै नोकरी पाएका छैनन् । सोहीकारण उनले कार्टुन हेरेर र सोसल मिडियामा समय बिताउँछन् ।

लुगा किन्दा पनि उनलाई समस्या हुने गरेको छ । उनलाई ठीक हुने लुगा बच्चाको लागि बनाइएको हुन्छ । आफू २० वर्षीय युवक भएको कारण बच्चाको लुगा मन नपर्ने उनको भनाइ छ । सोही कारणा उनी बजारका रेडिमेड कपडा प्रयोग गर्दैनन् ।

विश्वरेकर्डमा नाम दर्ता भएपछि उनी भन्छन्, ‘गिनिज बुकामा नाम दर्ता गराउने बारे सोच्नु भनेको मेरा लागि सपना जस्तै हो।’