५ जेष्ठ २०८१, शनिबार

प्रदीप पौडेलको समर्थन पनि गगनलाई

Gagan Pradip

नेपाली कांग्रेस संसदीय दलको नेतामा गगन थापालाई युवा नेता प्रदीप पौडेलले पनि समर्थन गर्ने भएका छन् । सभापति शेरबहादुर देउवाइतरका नेताहरुको मंगलबार बिहान बसेको भेलाले संसदीय दलको नेतामा गगनलाई सघाउने सहमति जुटेको छ ।

भेलाले गगनको प्रस्तावक शेखर कोइराला बस्ने भएका छन् । महामन्त्री थापालाई समर्थन गर्ने सहमतिसँगै कोइराला प्रस्तावक बन्ने भएका हुन् । यस्तै गगनलाई विश्वप्रकाश शर्मा, सञ्जय गौतमलगायत नेताहरुले समर्थन गर्ने भएका छन् ।

संसदीय दलको नेताका लागि आज (मंगलबार) दिउँसो २ बजेदेखि ३ बजेसम्म सिंहदरबारस्थित दलको कार्यालयमा मनोनयन दर्ता गरिसक्नुपर्ने कार्यतालिका छ । साढे ३ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ ।

बेलुका ४ बजेसम्म उम्मेदरवारविरुद्ध उजुरी दिन पाइनेछ भने साढे ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन पाइनेछ । मंगलबार बेलुका पौने ६ बजे उम्मेवारको अन्तिम नामावली प्रकाशन भएपछि भोलि (बुधबार) बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको नेताका लागि मतदान हुनेछ ।

कांग्रेस संसदीय दलको नेताका लागि ८९ जना सांसदले मतदान गर्नेछन् ।

कांग्रेस संसदीय दलको नेताका लागि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने निर्वाचनमा ८९ सांसदले मतदान गर्न पाउँछन् । विजेताले ५१ प्रतिशत अर्थात ४५ मत ल्याउनुपर्ने हुन्छ । दुईभन्दा बढी उम्मेदवार उठेको र पहिलो चरणमा कसैले ५१ प्रतिशत नल्याएको अवस्थामा दोस्रो चरणको मतदान हुन्छ ।

अहिलेसम्म महामन्त्री गगन थापाको पक्षमा करिब ३७ सांसद खुलेको र देउवा पक्षका केही सांसद थापातिर खुल्ने क्रम बढेको संस्थापन इतर पक्षका नेताहरुको दाबी छ ।