८ जेष्ठ २०८१, मंगलवार

शेखर-गगन समूहको बैठकमा विश्वप्रकाश शर्मा प्रवेश

co

नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक जारी छ । पार्टी संसदीय दलको नेता चयनका लागि मतदान हुनुअघि मंगलबार बिहानैदेखि जारी शेखर–गगन समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा पनि सहभागी भएका छन् । 

गत वर्षको महाअधिवेशनमा प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएर निर्वाचित भएका शर्मा शेखर–गगन समूहको बैठकमा सहभागी भएका हुन् । 

शेखर कोइरालाले कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापालाई समर्थन गरेका छन् । कोइराला प्रस्तावक र शर्माको समर्थनमा थापाले संसदीय दलको नेतामा उम्मेदवारी दर्ता पनि गराइसकेका छन् । 

संसदीय दलको नेतामा थापालाई शेखर–गगन समूहसहित सिंह समूहको पनि समर्थन रहेको छ । थापालाई संसदीय दलको नेतामा निर्वाचित गराउने गरी उक्त समूह लागेको छ । 

महामन्त्री शर्माले संसदीय दलको नेतामा थापालाई जिताउन सबैसँग आग्रह पनि गरेका छन् । 

320023335 1475594296584283 2876069408103484170 n

    सम्बन्धित समाचार...