२० बैशाख २०८१, बिहीबार

फिफा विश्वकप कतार २०२२ मा क्रोएसिया बन्यो तेस्रो

coro

फिफा विश्वकप कतार २०२२ मा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ ।

शनिबार खालिफा इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा तेस्रो स्थानको प्रतिस्पर्धामा क्रोएसियाले मोरोक्कोलाई २-१ गोलअन्तरले हराएको हो।

निकै प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले खेलको सातौं मिनेटमा नै अग्रता लिएको थियो । क्रोएसियाको जितमा जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले १-१ गोल गरे । भार्डीओलले हेडरमार्फत उत्कृष्ट गोल गर्दै क्रोएसियालाई अघि बढाए । तर, त्यसको दुई मिनेट नबित्दै एचरफ डारीले गोल गर्दै मोरोक्कोलाई बराबरीमा फर्काएका थिए ।

मोरक्कोका लागि अक्रफ दारीले बराबरी गोल गरे। दारीले मोरक्कोलाई सेट पिसमा क्लियर हुन नसकेको बलमा गोल गरेका थिए । उनले फ्रिकिकबाट आएको बललाई क्रोएसियाका डिफेन्डरले क्लियर गर्न नसक्दा हेडरमार्फत गोलतर्फ पठाए । फ्रिकिकमा इभान पेरिसिचले दिएको हेडर पासलाई उनले डाइभ दिँदै गोलमा परिणत गरे ।

co

४२ औं मिनेटमा क्रोएसियाले पुन अग्रता लियो । पहिलो हाफमा लागि तीन मिनेट बाँकी रहँदा मिस्लाभ ओर्सिचले गोल गर्दै पुन: क्रोएसियालाई अग्रता दिलाएका थिए । ओर्सिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट सुन्दर गोल गरे । उनले गरेको प्रहार गोलरक्षक यासिन बोनोको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

दोस्रो हाफमा कुनै गोल हुन नसक्दा ओर्सिचको गोल नै निर्णायक बनेपछि क्रोएसियाले कतार विश्वकपमा तेस्रो स्थान हासिल गर्‍यो ।

दोस्रो हाफमा मोरक्कोले आक्रामक खेल प्रस्तुत गरेपनि डोमिनिक लिभाकोभिचलाई परास्त गर्न सकेन । ६७ मिनेटमा जावल अल यामिकले डिबक्सभित्र राम्राे अवसर पाएका थिए। तर उनकाे प्रहारलाई क्राेएसियाली गाेलरक्षकले राेके।

गत संस्करणमा उपविजेता बनेको क्रोएसिया यसपटक तेस्रो स्थान हासिल गर्न सफल भयो । यसअघि क्रोएसियाले सन् १९९८ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो । जुन विश्वकपमा क्रोएसियाको पहिलो सहभागितासमेत थियो ।

माेरक्काे तेस्राे स्थानका लागि भएकाे खेलमा पराजित भए पनि उसले पुरै प्रतियाेगितामा उम्दा खेल खेल्याे। मोरवक्को अफ्रिका महादेशबाट विश्वकपको सेमिफाइनल खेल्ने पहिलो टिम हो । यी दुई टोली एउटै समूहबाट समूहविजेता र उपविजेता बन्दै आएका हुन्।

प्रतियोगिताको फाइनल आइतबार हुनेछ । उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्नेछन् ।

luc