२० बैशाख २०८१, बिहीबार

मेसी र मोड्रिकलाई चर्चित उपाधि जित्ने अन्तिम अवसर

modric messi croatia argentina world cup

दुई आइकोनिक बालोन डि ओर नम्बर १० र दुई विश्वकप फाइनल खेल्दै गरेका दुई कप्तानलाई फुटबल क्षेत्रकै चर्चित उपाधि जित्ने अन्तिम अवसर रहेको छ । अर्जेन्टिनाका लियोनल मेसी र क्रोएसियाका लुका मोड्रिक मंगलबार राति हुने पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन् । 

पेरिस सेन्ट जर्मेन पिएसजीका ३५ वर्षीय मेसी र रियल मड्रिडका ३५ वर्षीय करियरको अन्तिममा फाइलन खेल्ने या तेस्रो स्थानको लागि भिड्ने पक्का छ । सन्ताहन्तपछि दुबै खेलाडीको अन्तर्राष्ट्रिय खेल करियर अन्त्य हुने छ। यस खेलको विजेताले फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ । 

दुबै टोलीले क्वार्टरफाइनलमा जितका लागि पेनाल्टी सुटआउटको साहारालिए । अर्जेन्टिनाले नेदरल्यान्ड्स तथा क्रोएसियाले सर्वाधिक सफल ब्राजिललाई हराएको थियो ।