२० बैशाख २०८१, बिहीबार

फिफा विश्वकपमा प्रयोग हुँदै आएको बल सेमिफाइनल र फाइनल खेलमा प्रयोग नहुने

fifa ball

फिफा विश्वकपमा प्रयोग हुँदै आएको ‘अल रिहला’ बल अब सेमिफाइनल र फाइनल खेलमा प्रयोग नहुने भएको छ ।

फिफा र एडिडासले बाँकी खेलका लागि ‘अल हिल्म’ नामक बल सार्वजनिक गरेका छन् । अल हिल्म अरबी शब्द हो र यसको अर्थ ‘सपना’ हुन्छ ।

यसअघि प्रयोग भएको बल ‘अल रिहला’ को अर्थ भने ‘यात्रा’ रहेको थियो । यसअघि अल रिहला बलमा जस्तै यस बलमा पनि कनेक्टेड बल टेक्नोलोजीको प्रयोग गरिएको छ ।

यसले रेफ्रीहरुलाई निर्णय लिन निकै मद्दत पुगेको एडिडासले जनाएको छ । यस बलको डिजाइनमा सुनौलो रङ्ग प्रयोग गरिनेछ ।