२२ बैशाख २०८१, शनिबार

डोमिचिच लिभाकोभिच नायक बन्दा क्रोएसिया क्वाटरफाइलनमा

aaa

गोलकिपर डोमिचिच लिभाकोभिच नायक बनेको खेलमा जापानलाई पराजित गर्दै क्रोएसिया कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

गोलकिपर डोमिचिच लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि सोमबार राति क्रोएसियाले पेनाल्टी सुटआउटमा जापानमाथि ३–१ को जित हासिल गर्याे । 

निर्धारित समय तथा थप गरिएको अतिरिक्त समयमा खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ लिभाकोभिच नायक बने । उनले जापानका तीन खेलाडीको पेनाल्टी बचाएका थिए । 

क्रोएसियाका लागि निकोला भियासिच, मार्सेलो ब्रोजोभिच र मारियो पासालिचले गोल गरेका थिए । लिभाकोभिचले जापानको तर्फबाट ताकुमी मिनामिना, काउरो मितोमा र माया योसिदाको पेनाल्टी बचाए । जापानका तर्फबाट ताकुमा असानोल पेनाल्टी गोल गरेका थिए । 

यस अघि अल जुनब रंगशालामा जापानले पहिलो हाफमा डाइजान मेइडाको गोलमा अग्रता बनाएको थियो । इभान पेरिसिचको गोल गरेपनि दोस्रो हाफमा खेल बराबरीमा आएको थियो ।