१४ बैशाख २०८१, शुक्रबार

अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका विश्वप्रकाशले सानदात जित हासिल गरे

bishow prakash

अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रो पटक सानदार जित हासिल गरेका छन् ।

एमाले स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै शर्माले पहिलो पटक संसदीय निर्वाचन जितेका हुन् ।

एमालेको प्रभाव क्षेत्र मानिने क्षेत्र नम्बर १ मा कांग्रेसले २३ वर्षपछि जितेको हो । २०५६ को मध्यावधि चुनावमा कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङले जिते यता कांग्रेसले जित हासिल गर्न सकेको थिएन ।

शर्माले ३९ हजार ६२४ मत पाउँदा खरेलले २५ हजार ३४९ मत मात्रै पाए । शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए ।