१५ चैत्र २०८०, बिहीबार

सत्ता गठबन्धनका खत्री उदयपुर २ प्रदेश सभा (ख) मा विजयी

khatri

उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) बाट सत्ता गठबन्धका नेपाली कांग्रेसका उम्मेदवार रामकुमार खत्री विजयी भएका छन् । उनले निकटमत प्रतिद्वन्द्वीलाई ३ हजार ३ सय ९१ मत अन्तरले पराजित गरेका हुन् । खत्री १२ हजार ६२७ मत प्राप्त गर्दै प्रदेश सभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जिवनाथ दाहालले ९ हजार २३६ मत प्राप्त प्राप्त गरेको निर्वाचन अधिकृत जीवनराम भण्डारीले बताए । २०५१ मा नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवन सुरु गरेको ४२ वर्षीय खत्री कटारी नगरपालिका ८ सिरिसे निवासी हुन् ।

यसअघि २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा पराजित भएका थिए । निर्वाचन क्षेत्र २ प्रदेश सभा (ख) मा कटारी नगरपालिका र ताप्ली गाउँपालिका पर्छ । त्यहाँ २६ हजार १ सय ७६ मत खसेको थियो ।