१४ बैशाख २०८१, शुक्रबार

फराकिलो मतान्तरले एमाले अध्यक्ष ओली विजयी

oli kp

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट फराकिलो मतान्तरले विजयी भएका छन् । २८ हजार ५७६ मतान्तरले ओली विजयी भएका हुन् ।

एक लाख २ हजार १५० मत खसेको मध्ये ९८ हजार ६३१ मत सदर भएकोमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरे ।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरे । उनीहरुबीच २८ हजार ५७४ मतको अन्तर रहेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गरे ।

अध्यक्ष ओली योसँगै छ पटक विजयी बनेका हुन् । यसअघि उनी विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसकेका छन् ।