१९ बैशाख २०८१, बुधबार

सातौं पटक निर्वाचित प्रधानमन्त्री देउवा डडेल्धुराबाट

Sher Bahadur Deuba Nepal PM 1
फाइल फोटो

डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरवहादुर देउवा विजयी भएका छन् । त्यहाँ ५१ हजार २ सय ३ तिन जम्मा मत खसेकोमा देउवाले २५ हजार ५ सय ३४ मत पाए । उनले आफ्ना प्रतिस्पर्धी भन्दा १२ हजार ४ सय ९२ मत बढी ल्याएका छन् । यस्तै त्यहाँ स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरे ।

नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्ल भने ७ हजार ५ सय ३५ पाएका छन् । जम्मा खसेको मत यहाँ ३ हजार १ सय ८७ मत बदर भएको छ । देउवा २०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा यसअघि डडेलधुराबाट मात्रै विजयी भएका थिए ।

यो जितसंगै देउवाको गृह जिल्ला डडेल्धुरामा सातौं पटक जित हो । उच्च शिक्षा हासिलका लागिराजधानी छिरेका देउवा जिल्लामा पहिलो पटक २०४८ मा मात्र चुनाव लड्न पुगेका थिए ।