४ जेष्ठ २०८१, शुक्रबार

प्रेमलाल महर्जन विजयी भए ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेबाट

uml

ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेका प्रेमलाल महर्जन १५ हजार २५ मतसहित निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ ।

एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने उनका निकतटम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८८६ मत ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वुद्धरत्न महर्जनले ८ हजार ६६६ मत ल्याएका छन् । साथै सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन ८ हजार २६४ मतसहित चौथो स्थानमा रहेका छन् ।

यस्तै राप्रपाका रघुवरराज थापाले ६ हजार ६४६ मत ल्याएको ललितपुर निर्वाचन कार्यालयका दिपशिखा मुनाकर्मी जनाएका छन् । त्यसैगरी स्वत्नत्र उम्मेद दिपेशकुमार केसी १३ सय ९२ ल्याएका छन् ।

यससँगै मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको यो पहिलो जित हो ।