१ जेष्ठ २०८१, मंगलवार

आफ्नो अग्रता कायम राखे पोखरेलले पोखरेलले, रवि लामिछाने तेस्रो स्थानमा

chitwan 2

चितवन–२ मा पोखरेलले नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायम राखेका छन् ।

सोमबार राति ४ हजार २४१ मत गणना हुँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तेस्रो स्थानमा नै छन् ।

एमालेका पोखरेलले १६५०, नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३८३ र रास्वपाका लामिछानेले ९६३ मत पाएका छन् । हाल इच्छाकामना गाउँपालिकाको मत गणना भइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले भरतपुर महानगरपालिका क्षेत्रको मतगणना हुँदा रविले अग्रता लिने बताएका छन् । यो क्षेत्रबाट २०७४ सालमा एमालेका पोखरेल निर्वाचित भएका थिए ।