१६ बैशाख २०८१, आईतवार

सागर ढकाल दोश्रो बढी मत पाउने उम्मेदवार बने

dadeldhura 1

प्रतिनिधि सभातर्फ डडेल्धुरामा नेपाली कांग्रेस विपिका उम्मेदवारलाई पछारी पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो बढी मत पाउने उम्मेदवार बनेका छन् ।

हालसम्म गनेको एक हजार मत मध्ये प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा ४ सय ६३ मतसहति अग्रता कायम गरिरहेका छन् भने उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छ्याइ रहेका छन् । 

एक हजार मत गन्दा सागर ढकालले २ सय ४१ मत पाएका छन् भने, नेपाली कांग्रेस विपिका उम्मेदवार कर्णबहादुर मल्लले २ सय ९ मत प्राप्त गरेका छन् ।