१४ बैशाख २०८१, शुक्रबार

बालकृष्ण खाँण पक्राउपछि रविले भने–धन्यवाद सरकार, यो सिलसिला​ नरोकियोस्

Rabi Lamichhane
फाइल फोटो

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारलाई धन्यवाद दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई नियन्त्रणमा लिएपछि लामिछानेले धन्यवाद दिँदै यो सिलसिलालालाई निरन्तरता दिनसमेत आग्रह गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यू, धन्यवाद प्रधानमन्त्री ज्यू। यो सिलसिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।’

यसअघि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनका लागि आग्रह गरेका थिए ।

Capture 7