२४ बैशाख २०८१, सोमबार

रवि लामिछाने भन्छन्- प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ?

Rabi Lamichhane
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ठूला नेता र तिनका सन्तानलाई छाडियो भने आफ्नो पार्टीले हेरेर मात्रै नबस्ने बताएका छन् ।

उनले सरकारले भ्रष्टलाई कारबाही गर्न आलटाल गरे रास्वपा चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

“खबरदार, अनुसन्धानको लहरोले ठूला नेता र तिनका सन्तानको ‘जगजाहेर ताण्डव’लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन । यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला ।” उनले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन् ।

उनले प्रधानमन्त्रीलाई एउटै फाइलले ज्वरो बढाएको भन्दै आलोचना गरेका छन् । “प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस !!” उनले भने ।