१४ बैशाख २०८१, शुक्रबार

गोरखा निर्वाचन क्षेत्र नम्बर २ को मतदान केन्द्रमा प्रदेशसभातर्फ पनि प्रतिनिधिसभाकै मतपत्र !

prachanda gorkha
फाइल फोटो

गोरखा निर्वाचन क्षेत्र नम्बर २ को मतदान केन्द्रमा प्रदेशसभा तर्फको ठाउँमा पनि प्रतिनिधिसभाकै मतपत्र भेटिएपछि विवाद भएको  छ ।    

पालुङटार नगरपालिकाको विरुवाटार माविको (क) मतदान केन्द्रमा मतदान अधिकृतहरुले प्रदेशसभाको ठाउँमा पनि प्रतिनिधिसभाकै मतपत्र दिएको भन्दै विवाद भएको हो । सत्तागठबन्धनसँग मिलेर एमालेलाई हराउने रणनीतिले फर्जि मतदान गर्ने चलखेल मतदान अधिकृतबाटै भएको एमालेको आरोप छ । 

‘प्रदेशको ठाउँमा पनि प्रतिनिधिसभाकै मतपत्र दिएछन् । त्यो भएपछि हामीले रोक्यौँ’, स्थानीय चन्द्र कुमालले भने, ‘हामीले रोकेपछि अहिले त्यो मतपेटिका नचलाउने अर्काेमा सच्चाएर हाल्ने भन्ने छ ।’ 

प्रदेशसभाको ठाउँमा पनि प्रतिनिधिसभाकै मतपत्रमा ३३ जनाले हालेको र उनीहरुलाई पुन मतदान गर्न दिने सहमतिका साथ मतदान सुचारु भएको सो ठाउँका मतदान अधिकृत बद्री अर्याल बताउँछन् ।