४ जेष्ठ २०८१, शुक्रबार

महामन्त्री विश्वप्रकाश शर्माले गरे मतदान, कांग्रेसको चुनाव चिन्ह नभएको मतपत्र भेटियो

newskarkahna news403400

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया उनी पनि सहभागी भएका हुन् । 

झापा–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका शर्माले मेचिनगर ९ स्थित कवि शिरोमणि माविमा रहेको केन्द्रबाट मतदान गरेका हुन् । 

विश्वप्रकाशको निर्वाचन क्षेत्रमा कांग्रेसको चुनाव चिन्ह नभएको मतपत्र भेटियो

झापामा नेपाली काग्रेसको चुनाव चिन्ह नभएको मतपत्र भेटिएको छ । मेचीनगर–१४ मा रहेको बाल सुबोधनी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा रुख चुनाव चिह्न नभएको मतपत्र फेला परेको हो । मतदान सुरु भएको केही समयपछि मतपत्रमा रुख चुनाव चिह्न नभएको पाइएपछि उक्त स्थानको मतदान केन्द्रको मतदान स्थगित भएको छ ।

सो बारेमा सत्यतथ्य थप बुझ्न निर्वाचन अधिकृत त्यहाँ जाँदै गरेको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । झापा क्षेत्र नम्बर– १ मा  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका उम्मेदवार अग्नि खरेल छन ।