२० बैशाख २०८१, बिहीबार

नेतृत्व नागरिकता विवाद ढाकछोपमा लागेपछि स्वतन्त्र पार्टीमा विद्रोहको तयारी

rabi rsp

पार्टी सभापतीले खारेज भएको नागरिकरा ब्युँताउन प्रक्रिया पूरा नगरेको स्विकार गर्दा पनि नेतृत्व नागरिकता विवाद ढाकछोपमा लागेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले विद्रोहको चेतावनी दिएका छन्।

शुक्रबार चितवनमा रहेको पार्टीको सम्पर्क कार्यालयमा उपलब्ध केन्द्रीय पदाधिकारी र जिल्लातहको नेतृत्वको बैठकमा नागरिकता विवादबारे पार्टी सभापती रवि लामिछानेसँग प्रश्न सोधेका थिए।

मुख्यगरि स्वतन्त्र पार्टीका चितवनका नेताहरूले यदी नागरिकता बैध हो भने पार्टीले औपचारिक रुपमा प्रतिवाद गर्नुपर्ने र पार्टी संगठनमा रहेकाले सामाजिक सन्जालमा लेख्नुपर्ने प्रक्रिया पूरा नभएको हो भने निर्वाचन कार्यालयको निर्णय नकुरी उम्मेदवारी निष्क्रिय बनाउनुपर्ने सुझाव दिएका थिए।

‘भोली नेतृत्वको नागरिकता बैध हैन भन्ने पुष्टि भयो भने निर्वाचनमा जित्नुको अर्थ हुन्न। खारेज हुन्छ। उप निर्वाचन गराएर राज्यको खर्च बढाएको आरोप लाग्छ’ बैठकमा चितवन नेतृत्वको सुझाव उल्लेख गर्दै बैठकस्रोतले भन्यो’ नागरिकता बैध हो भने गलत प्रचार गर्नेहरूको औपचारिक रुपमा प्रतिवाद गर्नुपर्छ।’

बैठकमा सहभागीले पार्टी सभापती रविको नागरिकताबारे प्रश्न उठाएपछि उनी र उनको पक्षमा रहेका दीपक बोहोरा लगायतकाले चुनाबको मुखमा केही नबोलौ, मतदानपछि यसबारे धारणा राखौला’ भनेका थिए।

त्यसपछि कान्तिपुर दैनिकमा रविले नागरिकताको प्रक्रिया पूरा नभएको भनेर छापिएको भनाई सत्य हो भने पार्टीमा खुलाउनुपर्ने नभए समाचारको खन्डन गर्नुपर्ने माग राखेका थिए।

त्यसमा पनि जवाफ दिनुको साटो आलटाल गर्न छाडेपछि विवाद भएर बैठकै रोकिएको थियो। पछि अर्को होटलमा बैठक बस्यो, बैठकमा प्रत्यक्षतर्फ एक सिट नजिते राष्ट्रिय पार्टी नहुने र रविले जित्ने सम्भावना बलियो रहेकाले अहिले यसबारे पार्टीमा विवाद नगर्न रविपक्षले आग्रह गरेका थिए।

तर अन्यले निर्वाचनमा जिते पनि नागरिकता बैध नभए खारेज हुने भएकाले अर्थ नहुने भन्दै यसबारे पार्टी बैठकमा प्रस्ट पार्न माग गरे।

रविले अध्यागमन विभागमा निवेदन दिने बाहेक अन्य प्रक्रियामा नगएको स्विकार्दै खारेज भए पनि उप निर्वाचनसम्ममा प्रक्रिया पुरा गरेर नागरिकता लिन सकिने र उम्मेदवार बन्दा जित्न सकिने भन्दै विवाद नगर्न आग्रह गरेपनि जिल्लातहका नेताले चित्त बुझाएनन्।

उम्मेदवारी खारेज हुने अवस्था हो भने जितपछि रद्दहुँदा पार्टीलाई ठुलो क्षति हुने भन्दै एक ब्यक्तिका लागि पार्टीको साख जोखिममा पार्न नहुने भन्दै बिज्ञप्तीमार्फत बरु अन्य स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेर ब्याक हुनु राम्रो हुने सुझाव दिएका थिए।

नतिजापछि नेतृत्वकै गल्तीले जित भए पनि रद्द हुँदा पार्टीभित्र विद्रोह हुनसक्ने भन्दै नागरिकता विवादले पार्टीका अन्य उम्मेदवारलाई समेत असर परेकाले नेतृत्वले निर्णय गर्नुपर्ने भन्दै दवाव दिएका थिए।

‘ यो विवादले जित्नसक्ने तोसिमा, सागर, पुकार लगायतका उम्मेद्वार समेत कमजोर बनेको रिपोर्ट आइरहेको छ। चितवनमा स्वतन्त्रलाई समर्थन गरेर ब्याक भए उनीहरूलाई सहज हुनसक्छ भन्ने सुझाव आयो तर नेतृत्व सकारात्मक देखिएन’ बैठकस्रोतले भन्यो।