१४ बैशाख २०८१, शुक्रबार

कसैलाई चुनावी रन्को, बेरोजगार युवाहरु विदेश उड्ने लाइनमा

student foren
फाइल फोटो

देश निर्वाचनमय बनिरहेका बेला पनि दैनिक रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छैन ।

राजनीतिक दलहरुले स्वदेशमै लाखौं रोजगारी सिर्जना गर्ने आश्वासन बाँडिरहेका छन् तर युवाहरुलाई नेताहरुको भर छैन, त्यसैले ठूलो पंक्ति मतदानका लागि गाउँतिर फर्किरहँदा बेरोजगार युवाहरु देश छोड्न बाध्य भइरहेका छन् ।

देशमै बस्ने मन हुँदाहुँदै पनि ढुंगाको मन बनाएर बैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता धेरै नेपालीको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाहिर भावविह्वल दृश्य हरेक दिन जस्तो देखिन्छ ।

शुक्रबार अपरान्ह विमानस्थल पुग्दा यस्तै भावविह्वल दृश्य र भीड थियो । हरेक दिन देखिने यो दृश्य मंसीर चार गतेका लागि तोकिएको निर्वाचनको अवसरमा पनि कम भएन ।

अध्यागमनको तथ्यांकअनुसार दैनिक २ हजार हाराहारीमा नेपाली युवाहरु रोजगारीका लागि विभिन्न देशको यात्रा तय गरिरहेका छन् । यता निर्वाचन आयोगले भने मत खसाएर मात्रै बैदेशिक रोजगारीमा जान आग्रह गरिरहेको छ ।

निर्वाचनमा प्रस्पिर्धामा रहेका प्राय सबै दलले स्वदेशकै रोजगारीको अवसर सिर्जना गर्ने, विकास निर्माणका कामसंगै स्वास्थ्य, शिक्षाको सुनिश्चिता गर्ने प्रतिवद्धता जनाएका छन् । तर उनीहरुको प्रतिवद्धताले ढुक्क हुन नसकेपछि युवाहरुले विदेशक रोजगारीमै जान उचित ठाने ।

विगतका निर्वाचनमा पनि यस्तै प्रतिवद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नहुँदा बेरोजगार युवाहरुलाई पार्टी र नेताहरुको र लाग्न छोडेको छ ।

केही युवा पहिलो पटक विदेश उड्दैछन्, केही दोहोर्याएर र तेहेर्याएर विदेश जान लागेका छन् । पहिले कमाएर ल्याएको सकिएपछि पुनस् विदेश लाग्नेको संख्यासमेत ठूलै देखिन्छ ।

चुनाव जितेर जानेहरु जनताको हितमा भन्दा पनि आफ्नै हितमा बढी केन्द्रित भएको आम युवाहरुको बुझाइ छ । कतिपय युवाहरु मत दिएर जान पाए भन्ने लाग्दा लाग्दै पनि महिनौँ अघिदेखि सुरु गरेको प्रक्रियाले चुनावकै मुखमा पूर्णता पाउँदा मताधिकारबाट बञ्चित भएकोमा केही नरमाइलोसमेत लागिरहेको देखिन्छ ।

निर्वाचनजस्तो ठूलो पर्वमा पनि सहभागी हुन नपाएकोमा नमिठो महसुस गरिरहेका युवाहरुलाई रोजीरोटीकै लागि कुनै पनि युवा विदेशिनु नपरोस् भन्ने चाहना छ, के यी युवाहरुले सोचेको जस्तो र दलहरुले प्रतिबद्धता गरेको जस्तो दिन आउला त ?