१७ बैशाख २०८१, सोमबार

समर्थक बढेपछि उत्साहित देखिए चितवन २ का राप्रपा उम्मेदवार अधिकारी, जित आफ्नै हुने उनको दाबी

rabin adhikari

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट चितवन–२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रविन अधिकारी बलिया देखिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको नागरिकता विवाद र उनले जिते पनि उप निर्वाचन पक्का हुने भएपछि पहिला भड्किएका राप्रपाका मतदाता पुरानै पार्टीतिर फर्किन थालेको राप्रपाका नेताहरुको दाबी छ।

अधिकारीले त चितवन क्षेत्र नम्बर २ मा राप्रपा एक्लैले जित्ने दाबी गरे। उनले क्षेत्र नम्बर २ मा गठबन्धन र एमाले भन्दा राप्रपा एक्लैको बढी मत ल्याउने दाबी गरे।

चितवन–२ मा अधिकारीसँगै सत्ता गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने प्रतिस्पर्धामा छन् ।

लामिछानेको नागरिकता विवाद र उनले खारेज भएको नागरिकता लिन प्रक्रिया पुरा नगरेको स्विकारोक्तीपछि अवस्था बदलिएको र पछिल्लो समयमा आएको जनभावको लहरले जित सुनिश्चित भएको उनले बताए।

अहिलेको स्थानीय तहको चुनावमा यस क्षेत्रमा राप्रपाले भोग्नु परेको पराजय संघीय चुनावमा त्यस्तो नहुने र सजिलै जित्ने उनको दाबी।

रोजगार सिर्जना, पर्यटन विकासको अजेण्डा अगाडि बढाएका उनको प्रभाव अन्य मतदातामा पनि बढ्दो देखिन्छ।
‘युवा उम्मेदवार भनिरहेका छन्। विकासप्रेमी भनिरहेका छन्। म पनि त यूवा नै हो। अनी म पनि विकास प्रेमी नै हो,’ उनले भने’ चितवनको विकास गर्ने मोडल म सँग छ। मेरो योजना मतदाताले मन पराएका छन्।’

भरतपुरमा कृषिसँग सम्बन्धित मल, विषादीहरु उत्पादन गर्ने काराखाना स्थापना गरेका अधिकारीले आफ्नो ज्ञानका कारण कृषिलाई प्रथामिकतामा राखेर काम योजनामा यहाँका मतदाता आकर्शित भएको उनले दाबी गरे।

विकास गर्छु भन्दै एकाएक चितवन आएका नेताहरुको ज्ञान र पृष्ठभुमी कस्तो रहेछ भन्ने केही दिनमा भएको विकासक्रमले देखाएको भन्दै उनले चितवन-२ का मतदाता उप निर्वाचनमा नगई मंसिर ४ मै आफ्नो जनप्रतिनिधी चयन गर्ने मनस्थितिमा देखिएको उनको दाबी छ।

चितवनवासी संबैधानिक राजतन्त्र र हिन्दु धर्मसँगै चितवन बुझेको नेताको पक्षमा रहेको र चितवनवासी अब परिवर्तनको पक्षमा देखिएकाले आफू विजयी हुनेमा निश्चित रहेको उनले बताए।

‘मंसिर ४ मा चितवन २ मा खस्ने मत बाकस खोल्दा अबिर माला लगाउने मैले नै हो,’ उनले भने।

    सम्बन्धित समाचार...