१७ बैशाख २०८१, सोमबार

केही जमातले एमालेलाई नै कब्जा गर्न खोजेपछि नेकपा विभाजित भयो : केपी ओली

kp oli
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही जमातले एमालेलाई नै कब्जा गर्न खोजेपछि नेपाल कम्युनिस्ट पार्टी विभाजित हुन परेको बताउनुभएको छ ।

धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘ठाडो घाँटी लगाएर हुँ हुँ’ गर्ने स्यालहरूको संख्या बढेपछि तत्कालिन नेकपा विभाजित हुन परेको दाबी गर्नुभयो ।

एउटा स्याल कराएपछि अर्को स्याल नकराई नहुने उल्लेख गर्दै स्यालहरूको जमातले एमालेलाई नै कब्जा गर्न लागेको समेत उहाँको आरोप थियो । उहाँले आफ्नो अगुवाइमा वामपन्थी आन्दोलन एकीकृत गर्ने काम भएको पनि बताउनुभयो ।

आफ्नो नेतृत्वमा ०७४ मा वामपन्थी एकता गरेको भएपनि विदेशीका लागि कम्फर्टेबल सरकार बनाउन लागेकाले कारण एकता टिक्न नसकेको ओलीको बुझाई छ।

‘मेरो अगुवाइमा मैले पार्टी एकीकरण गरेर नेपालको वामपन्थी आद्यन्दोलनलाई बलिाये बनाउने अभियान थालेको छु। सोही अन्तर्गत नेकपा एमाले र माओवादी केन्द्र मिलेर संयुक्त घोषणापत्र जारी गरेर अघिल्लो चुनावमा गयौं,’ ओलीले भन्नुभयो, त्यो घोषणापत्र चुनावपछि सोही नीति अनुसारको बनाएर कार्यक्रम लागु गर्छौं भनेर तालमेल गर्यौं। दुईटा पार्टी मिलाउँदा राम्रै परिणाम पनि आयो। तर स्वदेश र स्वेदशीका लागि भन्दा पनि विदेशीका लागि अनुकुल, कम्फर्टेबल वाला।’

उहाँले हेदौहेर्दै आफूलाई सडकबाटै साधरण सदस्य समेत नरहने गरी निश्कासन गरेको उल्लेख गर्नुभयो । ‘हेर्दाहेर्दै सडकबाट निर्वाचित अध्यक्षलाई सडकबाट साधरण सदस्यपनि नरहनेगरी निश्कासन गरे,’ ओलीले भन्नुभयो, ‘एमाले सिध्याउने षडयन्त्र थियो, तर एमाले ९३ सालदेखिको संगठनात्मक इतिहास, आन्दोलनको इतिहास बोकेको पार्टी हो त्यो हुन दिइँदैन।’