१६ बैशाख २०८१, आईतवार

नयाँ र पुराना उम्मेदवारको टक्कर काठमाडौं ५ मा

ktm umedawar

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेसयुवा नेता प्रदीप पौडेलमात्र नभई स्वतन्त्र उम्मेदवारहरुका कारण पनि काठमाडौं क्षेत्र नम्बर ५ धेरैको चासोमा छ । राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताहरुबीचको प्रतिस्पर्धा यो क्षेत्रको विशेषता हो ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल पार्टीमा अध्यक्ष केपी शर्मा ओलीपछिको वरीयतामा छन् । ओली नेतृत्वको सरकारमा पोखरेल उपप्रधानमन्त्री बने ।

२०६४ र २०७० को चुनावमा कांग्रेस नेता नरहरि आचार्यसाग पराजित पोखरेल २०७४ मा कांग्रेस प्रवक्ता प्रकाशशरण महतलाई पराजित गरेपछि पार्टीसागै राष्ट्रिय राजनीतिमै प्रभाव जमाउन सफल पनि भए ।

यसपटक पनि एमालेबाट पोखरेल नै उम्मेदवार बन्दा कांग्रेसले भने युवा नेता प्रदीप पौडेललाई उम्मेदवार बनाएको छ । पौडेलले चुनावी अभियान तीव्र बनाइरहादा पोखरेल भने जित दोहोर्‍याउने रणनीतिसहित अगाडि बढेका छन् ।

प्रतिनिधिसभामा पौडेलको यो पहिलो प्रतिस्पर्धा हो । २०७४ मा तनहुा क्षेत्र नम्बर २ को -१) मा माओवादी नेतृ आशा कोइरालासाग ५ मतले पराजित पौडेल अहिले क्षेत्र नै परिवर्तन गरेर काठमाडौं ५ माआएका छन् । अघिल्लो चुनावमा गुमेको पार्टीको साख फर्काउने उनको योजना छ ।

एमाले र कांग्रेसका उम्मेदवारलाई चुनौती दिने स्वतन्त्र उम्मेदवार हुन् रञ्जु दर्शना न्यौपाने । २०७४ को स्थानीय तह चुनावमा काठमाडौं महानगरमा विवेकशील पार्टीबाट २३ हजार मत प्राप्त गर्दै चर्चामा आएकी रञ्जुयसपटक प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार बनेकी हुन् ।