१४ बैशाख २०८१, शुक्रबार

सत्तरी वर्ष काटेका नेता- फेरि नेतृत्वको दाबी गर्दै चुनावी मैदानमा

70 cross
फाइल फोटो

राजनीतिमा उमेर र थकान हुँदैन भन्ने मानक बनेका ठूला दलका अधिकांश शीर्ष नेताको उमेर ७० माथि छ ।

शारीरिक अवस्थाले समेत कमजोर बनेका शीर्ष नेताहरु फेरि मुलुकको नेतृत्व गर्न भन्दै चुनावी मैदानमा छन् । कांग्रेस, एमालेसहित प्रमुख दलका ७० माथिका को को नेता छन् त चुनावी मैदानमा ?

७० वर्षदेखि ९९ वर्षसम्म ७४ उम्मेदवार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका छन । ७० वर्षका १८ उम्मेदवार रहँदा ९९ वर्षका एक जना उम्मेदवार चुनावी दौडमा छन । उमेरले ७७ वर्ष काटेका कांग्रेस सभापति शेरबहादुर दउवासहित प्रमुख दलका ७० काटेका १६ जना शीर्ष नेताहरु चुनावी मैदानमा छन् ।

७० वर्षदेखि ९९ वर्षसम्मका उम्मेदवार कुन प्रदेशमा कति ?
प्रदेश १ – १५ जना ९७० वर्षदेखि ८७ वर्षसम्म
मधेस – २० जना ९७० वर्षदेखि ८५ वर्षसम्म
बागमती– ८ जना ९७० वर्षदेखि ८५ वर्षसम्म
गण्डकी– १३ जना ९७० वर्षदेखि ९९ वर्षसम्म
लुम्बिनी– १२ जना ९७० वर्षदेखि ७७ वर्षसम्म
कर्णाली– २ जना ९७० वर्षदेखि ७२ वर्षसम्म
सुदूरपश्चिम– ४ जना ९७० वर्षदेखि ८४ वर्षसम्म

ठूला दलका ७० वर्ष कटेका नेता चुनावी मैदानमा –

महिन्द्र राय यादव
उमेर–८५ वर्ष
निर्वाचन क्षेत्र– सर्लाही २
दल– माओवादी केन्द्र

महन्थ ठाकुर
उमेर– ८० वर्ष
निर्वाचन क्षेत्र– महोत्तरी ३
दल – लोसपा

रामचन्द्र पौडेल
उमेर– ७८ वर्ष
निर्वाचन क्षेत्र– तनहुँ १
दल– नेपाली कांग्रेस

शेरबहादुर देउवा
उमेर– ७७ वर्ष
निर्वाचन क्षेत्र– डडेल्धुरा
दल– नेपाली कांग्रेस

मंगलप्रसाद गुप्ता
उमेर – ७७ वर्ष
निर्वाचन क्षेत्र– कपिलवस्तु ३
दल– नेकपा एमाले

अर्जुननरसिंह केसी
उमेर– ७५ वर्ष
निर्वाचन क्षेत्र– नुवाकोट २
दल– नेपाली कांग्रेस

लक्ष्मणलाल कर्ण
उमेर–७५ वर्ष
निर्वाचन क्षेत्र– पर्सा १
दल– लोसपा

जालिम मियाँ मन्सुरी
उमेर– ७५ वर्ष
निर्वाचन क्षेत्र– पर्सा ४
दल – नेकपा एमाले

पद्म नारायण चौधरी
उमेर– ७४ वर्ष
निर्वाचन क्षेत्र– सिराहा १
दल– नेपाली कांग्रेस

डा. नारायण खड्का
उमेर– ७४ वर्ष
निर्वाचन क्षेत्र– उदयपुर १
दल– नेपाली कांग्रेस

नवलकिशोर साह सुडी
उमेर–७४ वर्ष
निर्वाचन क्षेत्र– सप्तरी १
आनन्द यादव
निर्वाचन क्षेत्र– धनुषा २
दल– जसपा

झलनाथ खनाल
उमेर– ७२ वर्ष
निर्वाचन क्षेत्र– इलाम १
दल– एकीकृत समाजवादी

शेखर कोइराला
उमेर– ७२ वर्ष
निर्वाचन क्षेत्र– मोरङ ६
दल– नेपाली कांग्रेस

सर्वेन्द्रनाथ शुक्ला
उमेर– ७२ वर्ष
निर्वाचन क्षेत्र– रूपन्देही ४
दल– लोसपा

केपी शर्मा ओली
उमेर- ७० वर्ष
निर्वाचन क्षेत्र– झापा ५
दल– नेकपा एमाले

त्यसो त रौतहट १ बाट चुनावी प्रतिस्पर्धामा रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि ६९ वर्षको हुनुभएको छ । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ६६ वर्षको हुनुभएको छ । उहाँहरू पनि चुनावी दौडमै हुनुहुन्छ ।