८ बैशाख २०८१, शनिबार

वडादेखि जिल्ला तहसम्म नौ वटा समिति गठन गर्‍यो एमाले हुम्लाले

uml

नेकपा एमाले हुम्लाले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्ष्य गर्दै वडादेखि जिल्ला तहसम्म नौ वटा समिति गठन गरेको छ । एमालेले चुनावी प्रचार प्रसारका लागि नौ वटा उपसमिति गठन गरेको हो । पार्टीको पाँचौँ विस्तारित बैठकले समिति तथा उपसमिति गठन गर्ने निर्णय गरेको सिमकोट एमालेले जनाएको छ ।

एमाले बैठकबारे जानकारी गराउन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उपलब्ध गराइएको विवरणमा पार्टी अध्यक्ष कलबहादुर हमालको संयोजकत्वमा ३०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

एमाले बैठकले प्रदेश सभा क्षेत्रअनुसार १ नम्बरका इन्चार्ज ज्ञानी बुमीको संयोजकत्वमा २०१ र २ नम्बरका इन्चार्ज महेन्द्रबहादुर शाहीको संयोजकत्वमा २०१ सदस्यीय निर्वाचन क्षेत्र परिचालन कमिटी गरेको छ ।

गाउँपालिकास्तरमा पनि निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । जसमा नाम्खा गाउँपालिकामा तोपछिरिङ लामा, सिमकोटमा चीन रावत, खार्पुनाथमा प्रकाशबहादुर शाही, सर्केगार्डमा भीमबहादुर शाही, चंखेलीमा टेकबहादुर शाही अदानचुलीमा बुध भण्डारी र ताँजाकोटमा नरदीप थापाको संयोजकत्वमा १०१ सदस्यीय सबै गाउँपालिकामा कमिटी गठन गरिएको छ ।

त्यसैगरी जिल्ला कमिटी सचिव तीर्थराज बोहराको संयोजकत्वमा ५५ सदस्यीय चुनाव प्रचार प्रसार कमिटी गठन गरिएको छ । बैठकले पार्टी उपसचिव चन्द्रप्रकाश ढकालको संयोजकत्वमा तीन सदस्यीय आर्थिक परिचालन कमिटी, युवा संघका केन्द्रीय सदस्य एवं हुम्ला जिल्ला इन्चार्ज उपेन्द्र शाहीको संयोजकत्वमा ३०१ सदस्यीय स्वयंसेवक परिचालन कमिटी गठन गरेको छ ।

त्यसैगरी, प्रदेश सभा निर्वाचनका लागि १ नम्बरको सम्पर्क कार्यालय अदानचुली गाउँपालिकाको श्रीनगर २ नम्बरका लागि सिमकोटमा सम्पर्क कार्यालय सञ्चालन गर्ने र उपसचिव ढकालको संयोजकत्वमा पाँच सदस्यीय साँस्कृतिक कार्यक्रम व्यवस्थापन कमिटी गठन गर्ने निर्णय बैठकले गरेको सचिव बोहराले बताए ।