२२ बैशाख २०८१, शनिबार

सैद्धान्तिक बेमेलका बीच दलहरुबीच चुनावी गठबन्धन, मतदातामा अलमल

gath 1

मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सत्तारुढ ४ दलले गठबन्धन गरेका छन् । एमालेले पनि जसपा, राप्रपालगायतका दलसँग गठबन्धन गरेको छ । सत्ता प्राप्तिकै लागि सैद्धान्तिक बेमेल रहेका दलहरुले गरेको गठबन्धनले मतदातालाई भने उम्मेदवार छान्न अन्योल भएको छ।

यस पटकको निर्वाचनमा नेकपा एमालेले मकवानपुर १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेद्वार बनाएको छ । तर, विगतका प्रतिद्वन्द्वी थापालाई एमालेकै सूर्य चिन्हमा मतदान गर्न यहााका एमाले कार्यकर्ताको मन खुलिसकेको छैन । थापा अहिले एमाले कार्यकर्तालाई मनाउन लागिपरेका छन् ।

दलहरुको गठबन्धन र तालमेलका कारण मकवानपुरमा मात्र होइन, देशैभरका मतदातालाई आफ्नो विचार नमिल्ने दलका चुनाव चिन्हमा मतदान गर्नुपर्ने बाध्यता छ ।

सत्ता गठबन्धनबाट अलग्गिएर जसपाले एमालेसाग तालमेल गरेको छ । सत्तागठबन्धन र एमाले-जसपा तालमेलले तराई-मधेशको चुनावी प्रतिस्पर्धा रोमान्चक बनाएको छ ।

बााकेमा पनि सत्ता गठबन्धनसागै एमाले र राप्रपाले पनि तालमेल गरेका छन् । पृथक सैद्धान्तिक मूल्यमान्यता बोकेका पार्टीबीचको गठबन्धनलाई मतदाताले भने रुचाएका छैनन् ।

चुनावी गठबन्धनका कारण दलमा योगदान पुर्‍याएका कतिपय नेताहरु जनतामाझ जाने अवसरबाट वन्चित भएका छन् । पार्टीले फरक विचारधाराका उम्मेद्वारलाई समर्थन गरेकोमा असन्तुष्ट केही नेताहरु पार्टी नै छाडेर स्वतन्त्र उम्मेद्वारसमेत बनेका छन् ।