१३ बैशाख २०८१, बिहीबार

इरानमा ‘अराजकता, आतंक र विनाश’ बाइडेनले भड्काए: राष्ट्रपति इब्राहिम रायसी

Ebrahim Raisi

इरानी राष्ट्रपति इब्राहिम रायसीले अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानमा ‘अराजकता, आतंक र विनाश’ भड्काएको आरोप लगाएका छन् । प्रहरी हिरासतमा रहेकी एक युवतीको निधनपछि इरानमा हिंसा भड्किएको छ ।

‘अमेरिकी राष्ट्रपति आफ्नो टिप्पणीमार्फत अर्को देशमा अराजकता, आतंक र विनाश भड्काउन अनुमति दिएका छन्’, रायसीले भने ।

युवतीको निधनको विरोधमा देशव्यापी विरोध प्रदर्शन भएको छ । प्रहरीसँगको झडपमा ८० भन्दा बढीको निधन भएको छ भने दर्जनौँ गिरफ्तार भएका छन् ।

    सम्बन्धित समाचार...