५ जेष्ठ २०८१, शनिबार

स्वच्छता अभियानमा अनियमितताको आशंका, ४ करोड खर्चेर बनाइएका शौचालय प्रयोगविहीन

madhes

मधेश प्रदेश सरकारको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत पोखरी र मठमन्दिर सौन्दर्यियकरणका साथै सामुदायिक विद्यालय र सार्वजनीक स्थलमा शौचालय निर्माण योजना सञ्चालनमा छन् ।

स्वच्छता अभियान अन्तर्गत दुई बर्ष भित्र मधेशको आठै जिल्लाको सार्वजनिक स्थलमा ९५ वटा शौचालय निर्माण गरेको छ । तर, महोत्तरीको पिपरा गाँउपालिका गोबरौरामा एक बर्ष अघि निर्माण गरिएको यो शौचालय अझै प्रयोगमा आएको छैन ।

जनकपुरधाम उपमहानगरपालिकाको रुपैठामा निर्माण गरिएको यस शौचालयको अबस्था झनै दयनिय छ । अख्तियारले मधेश प्रदेश सरकारको ‘बेटीपढाउ, बेटीबचाउ’ कार्यक्रम अन्तर्गत साइकल खरिद प्रकरण जस्तै स्वच्छता अभियानको पनि छानबिन सुरु गरेको छ ।

अख्तियारको उपस्थीति संगै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले हेर्दै आएको यो अभियान अब भौतिक पूर्वाधार विकास मन्त्रालयमा सारेको छ । दुई चरणमा निर्माण गरिएको ९५ वटा शौचालयको लागत १३ करोड ७६ लाख २३ हजार रहेको छ । जस मध्ये ४५ प्रतिशत भुक्तानी हुन बाँकी छ ।

प्राथमिक र माध्यमिक विद्यालयमा अध्यनरत छात्राहरुको लागि १६ करोड ५० लाखको लागतमा सय वटा शौचालय पनि निर्माण भएको छ । छात्रामैत्री भनिएपनि यो शौचालय बिद्यालयको प्राङ्गणमा नभई धनुषाकै बभनगामा गााउमा निर्माण गरिएको छ ।

कमिशन नदिएकै कारण दुई चरणमा निर्माण गरिएको यस छात्रामैत्री शौचालयको पनि झण्डै २ करोड रुपैयाा भुक्तानी अझ बाँकी नै छ ।