२४ बैशाख २०८१, सोमबार

कात्तिकसम्म निक्षेपको ब्याजदर स्थिर राख्ने बैंकहरुको निर्णय

nepal rb

तरलता अभावका कारण साउनयता मात्रै बैंक तथा वित्त संस्थाले पटक-पटक गरेर नेपाल राष्ट्र बैंकबाट २० खर्ब ३६ अर्ब सापटी लिएका छन् ।

बैंकहरुले विदेशी बैंक तथा वित्त संस्थाबाट ऋणसमेत लिएका छन् । त्यति गर्दा पनि तरलतामा सुधार नआएपछि बैंकहरुले निक्षेपको ब्याजदर बढाउादै लगेको भए पनि कात्तिमका भने स्थिर राख्ने भएका छन् । तर कर्जाको पनि एक प्रतिशतसम्म ब्याज बढ्ने देखिएको छ ।

बैंकिङ क्षेत्रमा तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले बिहीबार मात्रै रिपोमार्फत् ३० अर्ब रुपैयाँ पठायो । सात दिन अवधिको यो रिपो कात्तिक ३ गते परिपक्व हुनेछ।यसरी राष्ट्र बैंकले पटक-पटक गरेर बैंकिङ क्षेत्रमा तरलता अभाव हुन नदिन साउन यता मात्रै २० खर्ब ३६ अर्ब ७६ करोड सापटी दिएको छ । तर, पनि तरलतामा सुधार छैन । किनभने सात दिने रिपोबाहेक अहिले राष्ट्र बैंकले १४ दिनसम्म प्रयोग गर्न सक्ने ७० अर्बको रिपो पनि जारी गरिरहेको छ । १ खर्ब सापटि लिादा पनि बैंकहरुसँग अहिले जम्मा १० अर्ब मात्रै तरलता छ ।

असार मसान्तको तुलनामा बैंकहरुमा निक्षेप घट्दा कर्जा केही बढेको छ । साउन यता बैंकहरुले निक्षेपको ब्याज पटक-पटक बढाएका छन् । त्यही कारण साधारण बचतकर्ता मुद्दतीतर्फ लागेका छन् । यसले बैंकहरुको आधार दर बढाएको छ ।

गत असारको तुलनामा असोज मसान्तसम्म पुग्दा बैंकहरूको आधार दर औसत ० दशमलव ६ प्रतिशत बिन्दूले बढ्ने देखिएको छ । त्यही अनुपातमा कात्तिकदेखि लागू हुने गरी बैंकहरूले कर्जाको ब्याज दर १ प्रतिशतसमेत बढाउन सक्ने बैंकर बताउँछन् ।

विश्वमा बढ्दै गएको महंगी नियन्त्रणका लागि केन्द्रीय बैंकहरुले ब्याज दर बढाइरहेका छन् । नेपालपनि यसबाट अछुतो छैन । तर, यसरी निरन्तर बढेको ब्याजदरले उद्यमी व्यवसायी तथा बैंकबाट ऋण लिने भने मारमा परेका छन् ।