१५ बैशाख २०८१, शनिबार

नक्शा पारित गर्न संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक, अबेर राति देउवाको ट्विट

Sher Bahadur Deuba 1

संविधान संशोधनको प्रस्तावमा नेपाली कांग्रेसको धारणाबारे कुनै पनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न कांग्रेस सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन् ।

सभापति देउवाले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भुभाग भएकोमा आफूहरु प्रष्ट भएको बताएका छन् । उनले नेपालको नयाँ नक्शा पारित गर्न संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको पक्षमा आफूहरु भएको स्पष्ट पार्दै कुनैपनि भ्रममा नपर्न भनेका छन् ।

नेपालको नयाँ नक्सा अनुसार निसान छाप अद्यावधिक गर्न ल्याएको विधेयक सकारात्मक रहेको बताएका छन्। आज साँझ ट्वीटमार्फत् दउवाले संविधान संशोधन प्रस्तावबारे संस्थागत निर्णय केन्द्रीय समितिको बैठकबाट गर्ने समेत बताए ।

देउवाले भनेका छन्, हामी प्रष्ट छौं लिम्पियाधुरा,कालापानी र लिपुलेक नेपालको भुभाग हुन् ।’

संविधान संशोधनको प्रस्तावको उक्त विधेयक संसदको बुधबारको सम्भावित कार्यसूचीमा रहे पनि हटाइएको थियो।

आज संसदमा छलफलका लागि पेश हुनुपर्ने विधयेक नभएपछि आशंकाहरु उब्जिइरहँदा देउवाको भनाई सार्वजनिक भएको हो । नेपाली काँग्रेसका कारण संसदमा विधयेक पेश नभएको खबरहरु आएपछि देउवाले धारणा सार्वजनिक गरेका हुन् ।

देउवाले ट्वीटमा भनेका छन :

संशोधनको पक्षमा मतदान गर्न आतुर छौँः गगन थापा

नेपाल सरकारले जारी गरेको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न ल्याइएको संविधान संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश गर्ने तयारी थियो ।

तर, अचानक यो विधेयक संसद् बैठकमा पेश भएन ।

त्यसपछि नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले नेपाली काङ्ग्रेसका कारण यो विधेयक पेश नभएको अभिव्यक्ति दिन थाले ।

अब कांग्रेसले पनि यसको खण्डन गरेको छ । कांग्रेस सांसद गगन थापाले आफ्नो पार्टीको कारण विधेयक पेश नभएको भन्ने समाचारमा सत्यता नभएको बताएका छन् ।

उनले यसबारे ट्विटरमा लेखेका छन्–

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पर्सी १६ गतेकै कार्यसूचीमा राखियोस्। काँग्रेस संशोधनको पक्षमा छ । कसैले चिन्ता नलिऔँ,कोही भ्रममा नपरौँ । केन्द्रीय समितिको बैठक गर्ने९नगर्ने पार्टीको आन्तरिक प्रक्रियाको विषय हो । हामी काँग्रेसका सांसद संविधान संशोधनको पक्षमा मतदान गर्न आतुर छौँ।