२५ बैशाख २०८१, मंगलवार

अन्तरिम आदेश दिन माग उम्मेदवारी खारेजी विरुद्ध

suprem court

सर्वोच्च अदातलमा रुपन्देही–२ का नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध रिट निवेदन दायर गर्नुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै गुरुङको उम्मेदवारी खारेज गरेको थियो । आयोगको उक्त निर्णय विरुद्ध गुरुङले आज सो रिट निवेदन दायर गर्नुभएको हो ।

रिट निवेदनमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्नुभएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार सो रिट निवेदन दर्ता भएको छ । शुक्रबारका लागि पेशी तोकिएको छ ।