१४ बैशाख २०८१, शुक्रबार

विश्वव्यापी आर्थिक मन्दीले नेपाल जस्ता मुलुक थप जोखिममा

dollar

बढ्दो ब्याजदर, कच्चा तेलको उच्च मूल्य र रुस-युक्रेन युद्धका कारण विश्वभर महंगी बढेको छ । अन्तर्राष्ट्रिय संस्थाहरुले सन् २०२३ विश्व अर्थतन्त्रका लागि नै थप जटिल हुने प्रक्षेपण गरेका छन् । जसले नेपालमा महंगी बढाउनुका साथै विदेशी मुद्राको सञ्चितीमा समेत थप चाप पर्ने देखिएको छ ।

विश्व बैंकले गत सेप्टेम्बर १५ मा विज्ञप्ति जारी गर्दै सन् २०२३ मा विश्व समुदाय नै आर्थिक मन्दीको चपेटामा पर्ने चेतावनी दियो । उसले अल्पविकसित देशका नागरिक सबैभन्दा बढी प्रभावित हुने प्रक्षेपण गर्‍यो । त्यसको एक महिना नबित्दै अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा सीमित हुने बतायो । जुन सन् २०२२ को भन्दा एक प्रतिशतले कम हो ।

विश्व अर्थतन्त्रमा पर्ने प्रभावले नेपाललाई नछुने कुरै भएन । एक त कोरोना महामारीले बिगि्रएको आपूर्ति व्यवस्था र त्यसमाथी रुस-युक्रेन युद्धका कारण नेपालको बाहृय क्षेत्रको सन्तुलन बिगि्रएको छ । अझ डलरको मूल्यले तयारी वस्तु तथा सेवाको मात्रै नभई कच्चा पदार्थको बढेको मूल्यको असर नेपालमा पर्ने निश्चित छ ।

मुद्रास्फीति नियन्त्रण गर्न भन्दै अमेरिकी फेडरल रिजर्ब बैंकले ब्याजदर बढाएर ३ दशमलव २५ प्रतिशत पुर्‍याएको छ । अहिले अमेरिकामा ६ दशमलब २२ प्रतिशत मुद्रास्फीति छ ।

सन् २०२२ को अन्तिमसम्म ४ दशमलव ४ प्रतिशतमा झार्ने लक्ष्य छ । यसले ब्याजदर अझ बढ्ने देखिन्छ । त्यसको जोखिम कम गर्न नेपाल जस्ता मुलुकले आन्तरिक उत्पादन बढाएर आत्मनिर्भर हुन अहिलेदेखि नै पहल गर्नुपर्छ ।

विश्वका ठूला बैंकले समेत ब्याजदर बढाएका छन् । बजारमा अधिक रकम जान रोक्न भन्दै विश्वभरका केन्द्रीय बैंकहरुले मौदि्रक नीतिमा कडाई गरेका हुन् । तर अहिलेको अवस्था विगतको भन्दा फरक रहेकाले आगामी वर्ष अर्थतन्त्रमा सुधार हुनेभन्दा झन् जटिलतातर्फ धकेलिने जोखिम भएकाले अहिलेदेखि नै सचेत हुन आवश्यक छ ।

    सम्बन्धित समाचार...