१६ चैत्र २०८०, शुक्रबार

जुका मानिसको छालासम्बन्धी रोगको उपचारका लागि सहयोगी

jukaa

आफ्नो शरिरमा जानी जानी जुकाले टोकाउने । सुन्दा पनि आंङ सिरिङ हुन्छ । तर दाङको तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीमा रहेको राप्ती प्रादेशिक आयुर्वेद चिकित्सालयमा मानिसहरु यसरी जुकालाई आफ्नो रगत चुसाइरहेका भेटिन्छन् ।

जुका भोकाए वा आफनो रगत धेरै भयो भनेर यसो गरिएको होइन । यो एक किसिमको उपचार पद्धती हो । शरीरमा भएका घाउ खटिरा र छाला सम्बन्धि रोगबाट पिडित भएकाहरुले उपचारका लागि जुकालाई टोकाउाछन् ।

एउटा बिरामीलाई ३ देखि ४ दिनको फरकमा १ पटकमा १५ देखि ३० मिनेटसम्म जुकालाई रगत चुस्न दिइन्छ । गत साउन महिनाबाट चिकित्सालयले शुरु गरेको यो पद्धतीलाई जलौका कर्म अर्थात – लिच थेरापी ) पनि भन्ने गरिन्छ ।

एक विशेष प्रजातीको जुकालाई मानिसको रगत चुसाउादा फोहोर रगत जुकाले चुस्ने र बिरामी निको हुन चिकित्सकको भनाइ छ ।

आयुर्वेदिक पद्धतीबाट बिभिन्न खालका सेवा दिदै आएको चिकित्सालयले पछिल्लो समयमा फरक फरक पद्धतीबाट बिरामीको उपचार गर्न शुरु गरेको छ ।

आयुर्वेदीक पद्धतिबाट उपचार सेवा लिदा शरिरलाई अन्य असरहरु नगर्ने र आर्थिकरुपमा पनि निक्कै सस्तो पर्ने भएका कारण पनि यहााबाट सेवा लिने सेवाग्राहीहरु बढ्न थालेका छन् ।