६ जेष्ठ २०८१, आईतवार

गायिका शान्ति श्री परियारले दुर्घटनाबाट जोगाइ दिएको भन्दै दिइन् धन्यवाद

438145561 997892361698166 4142457499319066736 n 1

लोकप्रिय लोकगायिका शान्ति श्री परियारले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेखेकी छन् ।

उनले ठूलो दुर्घटनाबाट जोगाएर नयाँ जीवन दिएको भन्दै यति एअरलान्सका क्याप्टेन लबिस चन्दलाई धन्यवाद दिँदै भावुक बनेकी हुन् । सोमबार भैरहवाबाट काठमाडौंका लागि उडेको यति एअरको जहाज खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको थियो ।

सोही घटनालाई लिएर गायिका परियालले चन्दलाई धन्यवाद दिएकी हुन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘धन्यवाद क्याप्टेन लबिस चन्द, प्लेनमा रहेका हामी सबैले ७५ प्रतिशत जिन्दगी छोडेका थियौँ, हजुरले आफ्नो प्रयास जारी राख्नु भो, र गन्तब्यभन्दा फरक ठाउँमा अवतरण भयो, तर सबैलाइ नयाँ जीवन त दिनु भयो नि ।’

पछिल्लो समय उनको सुमधुर आवाजले लोक संगीतमा छलाङ मारिरहेको छ ।

    सम्बन्धित समाचार...