२२ बैशाख २०८१, शनिबार

कमल थापा एमालेका उम्मेदवार बनेपछि त्रिपक्षीय प्रतिस्पर्धा

kamal thapa surya

लोकतान्त्रिक गणतन्त्रमा पनि लामो समयसम्म राजतन्त्रको वकालत गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा अहिले नेकपा एमालेका उम्मेदवार बनेर निर्वाचनमा होमिएपछि मकवानपुर क्षेत्र नं. १ को प्रतिस्पर्धा रोचक बनेको छ ।

यति मात्र होइन, मकवानपुरमा पटकपटक निर्वाचन हारेका नेताहरुले यस पटक पनि अवसर पाएका छन् । यो पटक क्षेत्र नं. १ मा नेकपा एमालेको सहयोग पाएको राप्रपा नेपाल, नेपाली कांग्रेस र राप्रपाका उम्मेदवार मुख्य प्रतिस्पर्धी देखिएका छन् ।

मकवानपुर क्षेत्र नं. १ मा राप्रपा नेपालका अध्यक्षसमेत रहेका एमालेका उम्मेदवार कमल थापा, कांग्रेस सह-महामन्त्री महालक्ष्मी डिना उपाध्याय र राप्रपाका नेता दिपकबहादुर सिंह प्रतिस्पर्धामा छन् ।

पन्चायतदेखि पटकपटक गरेर सातपटक निर्वाचन लडेका थापासाग ३ पटक जितेको अनुभव छ । यस्तै कांग्रेस सहमहामन्त्री डिना उपाध्यायसाग २०४८ सालयता ३ पटक उम्मेदवार बनेर हारेको मात्रै अनुभव छ । यसपटक सत्ता गठबन्धनबाट उम्मेदवार बनेकाले उनी जित्नेमा आशावादी छिन् ।

विगतमा पटक-पटक एमालेका उम्मेदवारसाग पराजित थापा यस पटक एमालेकै उम्मेदवार बने । उनी अहिले एमालेको नीतिकै वकालत गरेर मत माग्न थालेका छन् ।

गत स्थानीय निर्वाचनमा सम्मानजनक मत पाएर पराजित भएका राप्रपाका नेता दिपकबहादुर सिाहसाग पनि ४ पटक निर्वाचन हारेको अनुभव छ ।

गठबन्धनभित्रको विवाद र थापा उम्मेदवार बन्दा एमाले कार्यकर्तामा देखिएको निराशाले उनलाई उत्साहित बनाएको छ । तर पटक-पटक पराजित भएर पनि निरन्तर निर्वाचनमा होमिएका तीन जनाबीचको प्रतिस्पर्धा नै रोमाञ्चक मानिएको छ ।

एमाले रुपन्देहीका ३१ जनाको राजीनामा

रुपन्देही क्षेत्र नं. २ बाट सत्ता गठबन्धनका सहित ३ जनाको उम्मेदवारी रद्द भएपछि नेकपा एमाले उत्साहित भएको छ । मुख्य प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार पाखा लागेपछि एमालेले आफ्ना उम्मेदवार विष्णु पौडेललाई सहज भएको विश्लेषण गरेको छ । तर गठबन्धनले अन्य कुनै उम्मेदवारलाई सहयोग गर्‍यो भने एमालेलाई चुनौती बन्न सक्छ ।

रुपन्देहीको क्षेत्र नम्बर २ बाट लगातार तीन पटक चुनाव जितेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई टक्कर दिन गठबन्धनले उनकै पूर्वकार्यकर्ता एकीकृत समाजवादीका राजु गुरूङलाई उमेदवार बनाएको थियो । तर, गुरूङले बैंकिङ कसुरमा सजाय पाएको पुष्टि भएपछि उनको उम्मेदवारी नै खारेज भएको हो ।

गुरुङ मात्र होइन, यही क्षेत्रबाट उम्मेदवारी दिएका हाम्रो नेपाली पार्टीका निकोलेस भनिने कमल भुसालको पनि उम्मेदवारी खारेज भएको छ । भुसाल सरकारी कोटाको शिक्षण अस्पतालमा चिकित्साशास्त्र पढ्दै गरेको उजुरी परेपछि योग्यता नपुगेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको छ । यस्तै स्वतन्त्रका हिमाल बस्यालको पनि उम्मेदवारी रद्द भएको छ । तीन जनाको उम्मेदवारी फिर्ता लिएपछि मतदातासमेत अन्योलमा छन् ।

रुपन्देहीबाट लगातार जित्दै आएका एमालेका पौडेल प्रतिस्पर्धीहरु पाखा लागेपछि उत्साहित छन् ।

१ लाख २६ हजार ८०७ मतदाता रहेको रुपन्देही २ मा अब … उम्मेदवार बााकी छन् । तीमध्ये गठबन्धन दलले कुनै एकलाई समर्थन गरेमा एमालेका पौडेललाई चुनौती बन्न सक्छ ।