२१ बैशाख २०८१, शुक्रबार

टाइम्स स्क्वायरको हायात होटलको ५४ तलाबाट हाम फालेकी महिलाको निधन

new

बुधवार दिउँसो न्युयोर्कको टाइम्स स्क्वायरमा रहेको होटलको रूफटप बारबाट हाम फालेकी एक महिलाको निधन भएको प्रहरीले जनाएको छ।

२६ वर्षीया महिलालाई दिउँसो साढे ३ बजे अगाडि हायात सेन्ट्रिक टाइम्स स्क्वायर न्यूयोर्कको ५४ औं तलाको बारबाट हाम फालेको देखिएको थियो ।

उनी २७ तलाको बरण्डामा ठोक्किएर उक्त बरण्डामा अड्केकी थिइन् । आपतकालीन उद्धारकर्ताहरूले महिलालाई बरण्डामा अचेत र अनुत्तरदायी अवस्थामा फेला पारेका थिए । उनलाई घटनास्थलमा नै मृत घोषणा गरिएको थियो ।

मेडिकल परीक्षकले मृत्युको आधिकारिक कारण निर्धारण गर्न बाँकी रहेको छ । घटनापछि ५४ तलामा रहेको बार बन्द गरिएको थियो ।

ती महिला होटलमा बसिरहेकी थिइन् वा रूफटप बारमा मात्रै गएकी थिइन् भन्ने प्रष्ट छैन । यो बार न्युयोर्क सिटीको होटलमा उचाईमा रहेको मध्येको एउटा खुला बार हो ।

हयात सेन्ट्रिक होटलले महिलाको परिवारप्रति संवेदना व्यक्त गरेको छ । साथै सबै मिडिया सोधपुछहरू प्रहरीसँग गर्न सुझाव दिएको छ ।

होटेलमा भएको घटनाप्रति दुःखी रहेको मृतकको परिवार प्रति समवेदना व्यक्त गरिएको हायात होटल्स कर्पोरेशनका महाप्रबन्धक टम ब्लन्डेलले एक विज्ञप्तिमा भनेका छन् ।