१४ बैशाख २०८१, शुक्रबार

न्युयोर्कमा संकटकाल आप्रवासी समस्याले

newyork

आप्रवासीको प्रवाहका कारण उत्पन्न संकट सम्बोधन गर्न न्युयोर्क सिटीका मेयर इरिक एडम्सले संकटकाल घोषणा गरेका छन् । अप्रिलयता १७ हजारभन्दा बढी आप्रवासी दक्षिणी सीमाबाट सहर प्रवेश गरेका छन् ।

पछिल्ला समयमा टेक्सास, एरिजोना र फ्लोरिडा जस्ता रिपब्लिकन राज्यहरूले डेमोक्रयाटिक क्षेत्रमा आप्रवासी पठाइरहेका छन् । 

अभूतपूर्व संख्यामा आप्रवासीको ठूलो संख्या अमेरिका–मेक्सिको सीमामा पुग्छन् । सेप्टेम्बरपछि दैनिक जसो पाँचदेखि ६ वसमा भरिएका आप्रवासी न्युयोर्क पुग्ने गर्छन् । 

सहरको शरण प्रणालीअन्तर्गतका हरेक पाँचमध्ये एक जना शरण खोज्ने व्यक्ति भएको मेयर एडम्सले बताए । सहर पुग्ने अधिकांशमध्ये स्कुले उमेरका बालबालिका छन् र उनीहरूलाई मेडिकल उपचारको गम्भीर आवश्यकता रहेको बताइन्छ ।
यस प्रवाहले यो आर्थिक वर्ष न्युयोर्कलाई १ अर्ब डलर अमेरिकी डलर लागत लाग्ने जनाइएको छ ।