२२ बैशाख २०८१, शनिबार

जनभावना अनुसार चलेन पार्टी: माओवादीका बागी उम्मेदवार ढुंगाना

IMG 20221010 WA0035

पाटीले जनताको काम गर्न सक्ने उम्मेदवार दिन नसकेको कारणले नै स्वतन्त्र उम्मेदवारी दिएको स्वतन्त्र उम्मेदवार राजन ढुंगानाले बताएका छन् ।

यो ५ वर्षको अवधीमा मधेशमा जनतालाइ सरकारको समेत महसुस नभएको वताउदै ढुंगानाले सरकारको अनुभुत गराउन पनि आफ्नो उम्मेदवार रहेको उनको दावी छ ।

आफुले जिते प्रदेश ससंदको हैसियतले जनताको समस्याको पोकोलाइ संवोधन गर्ने तथा जन्ताको मनोभावनाअनुसार कुनैपनी राजनिती दलले अहिलेसम्म उम्मेदवारी नबनाएको वताउदै स्वतन्त्रको भुमिकावाट आफ्नो कलाकारिता देखाउने नेता ढुंगानाको भनाइ छ । उनले माओवादीले समेत जनभावना अनुसार काम गर्न नसके पछि बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिएको बताए । 

उनी माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य समेत हुन । सत्ता गठबन्धन दलको प्रतिनिधिसभामा साझा उम्मेदवार गिरिराजमणी पोखरेल बनेका छन् । गठबन्धनको निर्णयअनुसार महोत्तरी क्षेत्र न.१ क मा काङ्ग्रेसले पाउने निर्णय गरेता पनी प्रदेशसभाको साझा उम्मेदवार भने नेकपा एसवाट सुरेश राउत छन् ।