२२ बैशाख २०८१, शनिबार

कमल थापाले माओवादी नेतालाई स्वागत गरे एमाले पार्टी कार्यालयमा

Swagat gardai kamal thapa 20221010193111

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अध्यक्ष कमल थापाले माओवादी जिल्ला सदस्यलाई नेकपा एमालेमा स्वागत गरेका छन ।

मकवानपुर एमालेले आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले फूल माला लगाएर नेकपा माओवादी केन्द्रका जिल्ला कार्यसम्पादन समितिका सदस्य शंकर राउतलाई एमालेमा स्वागत गरेका हुन् ।

एमालेको सुर्य चिन्हवाट पहिलो पटक उम्मेदवार भएका थापालाई हिजो तालाबन्दी गरिएको कार्यालयमा स्वागत गरिएको थियो । एमालेका रामेश्वर रानाको टिकट खोसेर थापालाई मकवानपुर–१ को टिकट दिए पछि आक्रोशित एमाले कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए । उनै कार्यकर्ताले आज भने थापालाई खादा लगाएर स्वागत गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र टिकट खोसिएका रानाको प्रशंशामा झन्डै १० मिनेट खर्चिएका थापाले ओली सरकारमा हुदाँ पराराष्ट्र मन्त्रीको हैसियतमा चीनसँग नाका खोल्ने देखी अन्य बिषयमा देश र जनताको पक्षमा काम गरेको पनि स्मरण गरेका थिए ।

थापा मकवानपुर–१ वाट सुर्य चिन्ह लिएर उम्मेदवार छन ।