१५ बैशाख २०८१, शनिबार

उम्मेदवारी दर्ता गर्न गोरखा पुगे प्रचण्ड

prac

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवारी दर्ता गर्न गोरखा पुगेका छन् । उनी गोरखा २ बाट उम्मेदवार बन्न लागेका हुन् ।

उम्मेदवारी दर्ता गर्न प्रचण्ड नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको साथमा गएका छन् ।

दाहालको उम्मेदवारीलाई बाबुरामले स्वागत गरेका छन् । ०७४ को निर्वाचनमा प्रचण्ड चितवन ३ बाट जितेका थिए । अहिले सो क्षेत्रमा माओवादीले डा. भोजराज अधिकारीलाई उठाएको छ ।