२६ बैशाख २०८१, बुधबार

जापोरिजियामा रुसी क्षेप्यास्त्र प्रहार, १७ जनाको निधन

ukrane

दक्षिणी युक्रेनको औद्योगिक सहर जापोरिजियामा सातवटा रुसी क्षेप्यास्त्र प्रहार हुँदा एक बालकसहित कम्तीमा १७ जनाको निधन भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

स्थानीय समयअनुसार बिहीबार बिहान प्रहार गरिएका ती क्षेप्यास्त्रहरुमध्ये तीन ओटा सहरका केन्द्रमा खसेका  थिए । 

युक्रेनको राज्य आपतकालीन सेवाले टेलिग्राममा भनेको छ, ‘क्षेप्यास्त्र हमलामा एक बालकसहित कुल १७ जनाको निधन भएको छ ।

’यसअघि शनिबार मृतकको संख्या १४ जनाइएको थियो । क्षेप्यास्त्र हमलामा मुख्य सहरमा रहेको एउटा पाँच तले भवन पूर्ण रुपमा जलेको छ ।