१४ बैशाख २०८१, शुक्रबार

म्यादी प्रहरी बन्न २ लाखभन्दा धेरैको दरखास्त

myadi म्यादी

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षामा म्यादी प्रहरीमा भर्ना हुन २ लाखभन्दा धेरै व्यक्तिले दरखास्त दिएका छन् ।

देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न निवेदन परेको नेपाल प्रहरीले जनाएको छ । कार्यालयका अनुसार १ लाख ७१ हजार ७ सय १८ जना पुरुष र ६० हजार ३ सय ७० जना महिलाले आवेदन दिएका छन् ।

दरखास्त दिएका मध्येबाट १ लाख १५ हजार म्यादी प्रहरीमा छनोट हुनेछन् । असोज ९ बाट म्यादी प्रहरीको छनोट सुरु हुने पनि कार्यालयले बताएको छ ।

आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले भदौ ३० देखि हिजोसम्म म्यादी प्रहरीको लागि निवेदन माग गरेको थियो ।