१५ बैशाख २०८१, शनिबार

पृथक्तावादी नियन्त्रित सहर दोनेत्स्कमा शृंखलाबद्ध विस्फोट

ukrine

पूर्वी युक्रेनको पृथक्तावादी नियन्त्रित सहर दोनेत्स्कमा भएका शृंखलाबद्ध विस्फोटनमा परेर कम्तीमा १२ जनाको निधन भएको छ । विस्फोटमा अन्य केही घाइते भएका छन् ।

युक्रेनी हमलामा उनीहरुको निधन भएको रुस समर्थित मेयर अलेक्सी कुलेम्जिनले दाबी गरे । आक्रमणको युक्रेनकी पक्षले भने कुनै प्रतिकृया जनाएको छैन् । 

दोनेत्स्कलाई सन् २०१४ देखि रुस समर्थित विद्रोहीले नियन्त्रणमा राखेका छन् । विशेषगरी युक्रेनमा रुसले हमला सुरु गरेपछि मस्कोले उक्त सहरलाई निशाना बनाएको विद्रोहीहरुले बताउँदै आएका छन् । यसअघि पनि उक्त सहरमा बारम्बार मिसाइल आक्रमण र गोलाबारी भएका थिए । 

फेब्रुवरीपछि रुसी सेनाले दोनेत्स्क क्षेत्रका थप दक्षिणी भागहरूमा कब्जा गरेका छन् ।