१५ चैत्र २०८०, बिहीबार

कमेडियन राजु श्रीवास्तवको निधन

raju shrivastab

भारतका चर्चित कमेडियन राजु श्रीवास्तवको निधन भएको छ । उनी ५८ बर्षका थिए । राजुको विगत ४२ दिनदेखि दिल्लीको एम्स अस्पतालमा उपचार भैरहेको थियो ।

हृदयघात भएपछि उनको उपचार भैरहेको थियो । अगष्ट १० तारिखमा हृदयघात भएपछि उनलाई अस्पताल ल्याइएको यिथो । उनको उपचारका लागि डाक्टरहरुले मिहिनेत गरे । तर, उनलाई बचाउन सकेनन् । उनको दिमागले पनि काम गरेन र शरीर पनि चलेन । उनै, राजुको आज बिहान अस्पतालमा निधन भएको हो ।

राजुले सन् २०१४ मा बीजेपी पार्टीमा प्रवेश गरेका थिए । उनी, कामको सिलसिलामा दिल्लीका नेताहरुलाई भेट्न पुगथेका थिए । उनी जिममा व्यायम गरिरहेको समयमा उनलाई हृदयघात भएको थियो ।

राजुले कमेडियको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाएका थिए । उनले, कैयौ स्टेज शोजहरु समेत गरेका छन् । उनको परिवारमा पत्नी शिखा, छोरी अन्तरा, छोरा आयुष्मान, दाजु सीपी श्रीवास्तव, भाई दीपू श्रीवास्तव र भतिज मयंक र मृदुल थिए ।